Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को उपाधी जेनी राउतले जितिन

Friday, March 18, 2022 Devil Singh Rajput

बिर्तामोड – शनिबार झापाको बिर्तामोडस्थित अतिथी सदनमा सम्पन्न भएको बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०२२’ को विजेता जेनी राउत बनेकी छन् ।

पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगितामा रोजा राई ‘फर्स्ट रनरअप’ र रुविता महतो ‘सेकेन्ड रनरअप’ घोषित भए । त्यसैगरी अबिका राईले ‘मल्टिमिडिया चोईस’, स्पन्दन सिटौलाले ‘अर्गनाईजर चोईस’ र ‘भ्युवर्स चोईस’को उपाधी जितेको आयोजक संस्थाका डिरेक्टर सुशील निरौलाले जनाए ।

नेपाल ओलम्पिक कमिटी मातहतको स्पोर्ट्स फर अल कमिसनका सदस्य भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता सुमन शर्माले संचालन गरेका थिए । रोजिना बस्नेतको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा फेशन कोरियोग्राफर आर्शु महर्जन, बिबेक राई, मेरिना विश्वकर्मा र ईन्द्रकुमार खनाल रहेका थिए।

प्रतिस्पर्धी बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजमा एक सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ पुकार कार्कीले जनाए ।