Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

महिनावारी भएका महिलाले शौचालय प्रयोग नगर्दा समस्या

Tuesday, April 18, 2017 National Power

५ वैशाख, बझाङ – बझाङ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको भए पनि महिनावारी भएका महिलाले शौचालय प्रयोग नगर्दा यसको कार्यान्वयनमा समस्या भएको छ ।

क्षेत्रीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले नमुना छनौटको आधारमा तत्कालिन १० गाविसमा गरेको अनुगमनमा १२ प्रतिशत महिलाले महिनावारी हुँदा शौचालय प्रयोग नगर्ने गरेको पाइएको थियो । यो समस्या अहिलेका १० गाँउपालिका र दुई नगरपालिका भित्रै पनि रहेको छ । महिनावारी भएको बेला ५ दिनसम्म शौचालय प्रयोग नगर्ने महिलाको संख्या धेरै नै रहेको महिला अधिकाकर्मीले बताए।१० गाउँपालिका र दुई नगरपालीका क्षेत्र भित्र सम्पूर्ण घर र संस्थाहरुमा शौचालय निमार्ण भएपछि जिल्ला विकास समिति बझाङले २०७२ पुस १६ गते खुला दिशा मुक्त जिल्ला घोषणा गरेको थियो ।