Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

राष्ट्रपति पुटिनको गल्तीको कारण अलपत्र परे रुसका २७ हजार नागरिक

Thursday, March 3, 2022 National Power

काठमाडौं -रुस र युक्रेन बीचको जारी युद्धको असर तेस्रो मुलुकमा यात्रा गरिरहेका रुसी नागरिकहरूमा परेको छ । हवाई उडान बन्दका कारण करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्र परेको बताइएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि धेरै देशले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । जसका कारण धेरै रुसी नागरिक अहिले ठाउँ ठाउँमा अलपत्रमा परेका छन् र उनीहरुका लागि आफ्नो घर पुग्नु ठूलो चुनौती बनेको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणलाई आलोचना गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसले ठूलो गल्ती गरिरहेको र यसले आफ्ना जनतालाई धेरै नोक्सान पु¥याउने बताएका छन् ।अहिलेसम्म करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्रमा परेका छन् । युरोपेली युनियन र क्यानडाका देशहरूले रुसका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि सबै यात्रु फिर्ता ल्याउने सबैभन्दा ठूलो चुनौती बनेको छ ।

यतिबेला ३० भन्दा बढि देशले रुसका लागि हवाईमार्ग बन्द गरिसकेका छन् । जसकारण सबैभन्दा बढि समस्या रुसी यात्रुहरूले भोग्नु परेको छ ।यहिबीच रुसले आफ्नो युद्धलाई अझै तिब्र बनाइरहेको छ । यस्तो अवस्थामा प्रतिबन्धको अवधि घट्नुको सट्टा बढिरहेको छ । जसको कारण रुस विश्वभर एक्लो बनेको छ । अब अमेरिकाले रुसका लागि आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको छ । जसका कारण रुस विश्वभर ठूलो मात्रामा एक्लो भएको छ । यसले रुसको अर्थतन्त्रमा ठूलो घाटा पुर्‍याएको छ ।

जे होस् हवाई मार्गको कुरा गर्दा कोरोनाको कारण सबै देशहरूको हवाई क्षेत्रहरूलाई घाटा बेहोर्नु परेको थियो । कोरोनापछि खुुलेका हवाईमार्ग रुस र युक्रेनबीच भएको युद्धले प्रत्यक्ष असर पारेको छ ।