Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

Tuesday, March 1, 2022 National Power

काठमाडौं – अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।

स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने कम्पनी मेक्सर टेक्नोलोजीका अनुसार यो लस्कर ६० किलोमिटर भन्दा बढी लामो छ । यसमा सैकडौं बख्तरबन्ध गाडी, ट्यांक र तोपहरु छन् । यो तस्वीर सोमबार दिउँसो तिरको हो ।स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा छ ।राजधानी किएभको बाहिरी क्षेत्रमा रुसले हवाई हमला गरेको समाचार सार्वजनिक भएका छन् । हवाई हमलाको संकेत स्वरुप साइरन बजाइएको छ ।

रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट हालसम्म ३५० जनाको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसी सेनाको आक्रमणबाट पूर्वी युक्रेनको ओख्तिर्का भन्ने स्थानमा ७० जना युक्रेनी सैनिकको मृत्यु भएको छ ।युक्रेनबाट ६ लाख बढी मानिसहरू विस्थापित भएका छन् । रुसले गरेको आक्रमणका कारण युक्रेनका भवन, गाडीहरू क्षतिग्रस्त भएका तस्वीरहरू सार्वजनिक भएका छन् । बेलारुसमा शान्ति वार्ता जारी रहेकै बेलामा पनि रुसले युक्रेनमा आक्रमण नरोकेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसले युक्रेनमा गरेको आक्रमणको अन्तर्राष्ट्रिय स्तरबाट विरोध भइरहेको छ । रुसमा बिभिन्न प्रतिबन्धहररु लागू गरिएको छ । तर रुस पछि हटेको छैन ।

पछिल्लोपटक जी(७ देशहरूको एक सदस्य क्यानडाले रुसबाट कच्चा तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पछिल्लोपटक रुसमा हलिउड चलचित्रहरूको प्रदर्शन रोकिएको छ । रुसमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्धको कारण मास्टर कार्डले रुसबाट गरिएका कारोबारहरू बन्द गरेको छ ।