Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी

Sunday, February 27, 2022 National Power

काठमाडौं -सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।

एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले संसदमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल जारी छ ।