Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

”तिमि जहाँ जहाँ जान्छौ नी” भिडियो सार्वजनिक

Tuesday, February 8, 2022 National Power

काठमाण्डौ– ”तिमि जहाँ जहाँ जान्छौ नी” भन्दै निर्देशक बबिता श्रेष्ठ भिडियो मार्फत बजारमा आएकी छिन्  । नेपाली, आधुनिक तथा लोकदोहोरी लगायत विभिन्न विधाका गीतहरुलाई भिडियो मार्फत पर्दामा उतार्दै आएकी श्रेष्ठले सर्यौको संख्यामा नेपाली गीतहरुको निर्देशन गरिसकेकी छिन् । लामो समय देखीम्युजिक भिडियो निर्देश्नका क्षेत्रमा सक्रिय रहदै आएकी श्रेष्ठ सम्भवतM नेपालको पहिलो म्युजिक भिडियो निर्देश्क हुन ।

म्युजिक भिडियो निर्देशनका क्षेत्रमा आफुलाई स्थापित गरेकी श्रेष्ठले पछिल्लो पटक माया प्रेमका कुराहरुलाई चित्रण गरेको निकै नै मार्मिक गीतको भिडियो बजारमा ल्याएकी छिन् । मानव जिवनको लागि माया प्रेम भनेको जिवनलाई सहज बनाउनको लागि एक अभिन्न अंग भएको र यस भिज्ञका विश्वसाका कुराहरुलाई रोमान्टिक तथा मार्मिक ढंगको कथालाई निर्देशक श्रेष्ठले कलाकार बशिष्ट ठकुरी र सगुन शाहीको अभिनयका माध्यमबाट दर्शकहरु माझ पस्केकी छिन् ।

मन पर्ने मायालुहरुको यादमा रात दिन काटिने, मायालुकै लागि सारा संसार त्याग्न तयार हुने र जिउने मर्ने अठोटका कुराहरु यस गीतमार्फत भन्न खोजिएको छ । साथै जिवन बाँच्नको लागि सहारा नै माया भएको कुराहरुलाई गीतमार्फत उठान गरिएको छ ।सुर सम्यक स्टुडियोको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा बशिष्ठ ठकुरी र मतिना अवालको सुमधुर आवाजमा सजिएको गीतमा शब्द संगीत सुरज शेखरका रहेका छन् ।