Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका

Sunday, January 30, 2022 National Power

काठमाण्डौ- पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै आएका छन् । यसै अमेरिकामा रहेर पनि चलचित्र, भिडियो निर्माण निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । यो सर्ट फिल्मलाई सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
यो चलचित्रकोे छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरीएको थियोे । लघु चलचित्र शंकामा चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे , भुवन लोहनी, सन्दिप अर्यालसहितका कलाकारको अभिनय रहेको छ ।
चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोल् कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन । श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सुमनले भने, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौ । ’
हालैमात्र उनले हेर्दा हेर्दै यो केटी, यो जीवन मिठो , तिमीसग छुट्टिएर सहित केही म्युजिक भिडियो पनि त्यहीँबाट निर्माण÷ निर्देशन गरेर सार्वजनिक गरिसकेका छन् । उनले केही महिना यताबाट आफ्ना निर्देशनमा नियमति रुपमा अमेरिकाबाटै ल्याक्सिनटन दोहोरी कार्यक्रम निर्माण एवम् प्रस्तुत गर्दै आएका छन् । मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पुर्व उपाध्यक्ष हुन् ।