Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आइपिएलमा कोलकता र दिल्लीको जित

Sunday, April 16, 2017 National Power

३ बैशाख, भारत – आइपिएल अन्तरगत हिजो भएका खेलहरुमा कोलकता नाइटराइडर्स र दिल्ली डेयरडेभिल्सले जित हात पारेका छन् ।
कोलकताको इडेन गार्डेनमा सनराइजर हैदरावाद विरुद्ध हिजो भएको पहिलो खेलमा टस हारेर पहिले व्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि रोविन उथप्पाले ६८ रन बनाए भने मनिष पाण्डेले ४६ रनको योगदान गरे । हैदरावादका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए ।
जवाफमा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाउँदा कोलकतासंग १७ रनले खेल गुमाउन पुग्यो ।

यस्तै हिजै भएको दोश्रो खेलमा दिल्ली किंग इलेवन पंजावलाई ५१ रनले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८८ रन बनाएको थियो । जवाफमा पंजावले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।