Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

शेयर बजार दोहोरो अंकले बढ्यो

Thursday, January 20, 2022 National Power

काठमाडौं –  साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो ।

बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ । आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । बुधबार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । आज आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा दरियो । आज उक्त कम्पनीको सेयर खरिद बिक्री २२ करोड भन्दा धेरै रह्यो ।

आज मैलुङदखोला र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किटलागेको थियो । समग्र बजारमा जलबिद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे । आईसीएफसी फाइनन्यानस कम्पनीको डिभेन्चरको मूल्यमा आज ४ अंकको गिरावट आएको थियो ।