Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

सामनाले चुमिन सर्वोत्कृष्ट लोकदोहोरी शब्द तर्फको अवार्ड

Tuesday, January 18, 2022 National Power

काठमाडौं- लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामना शाहले अवार्ड चुमेकी छन् ।  हालै विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा सम्पन्न भएको हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा उक्त अवार्ड चुम्न सफलभएकी हुन् ।

शाहले ‘पानी पाएपछि’ लोकदोहारी गीतको शब्दमा उक्त अवार्ड प्राप्त गर्नुभएको हो । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो ।

अवार्ड समारोहमा बरिष्ठ शात्रिय संगीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो । सामना शाहका थुप्रै गीत लोकप्रिय रहेका छन् ।