Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात : कम्तीमा २२ जनाको ज्यान गयो

Sunday, January 9, 2022 National Power

पाकिस्तानमा हिमपातका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुमध्ये ६ जना बालबालिका रहेका छन् । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात भएको हो । राजधानी इस्लामाबादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीको पहाडी सहर नजिकै फसेकाहरूको उद्धार गरिएको छ । हिमपातले सडक बन्द हुँदा हिउँ खेल्न पुगेका पर्यटक अलपत्र परेका थिए ।

सेनाले सडकमा जमेको हिउँ खाली गर्ने प्रयास गरिरहेको छ । हिमपातले प्रभावित केही क्षेत्रमा आपत्काल घोषणा गरिएको आन्तरिकमन्त्री शेख रसिदले जानकारी दिनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरी आफू निक्कै मर्माहत भएको उल्लेख गर्नुभएको छ ।