Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमसीसी नेपालको हितमा छ, बाजा बजाएर स्वागत गर्नुपर्छ : चुनारा

Sunday, January 2, 2022 National Power

काठमाडौं-  राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनारालेअमेरिकी सहयोग सम्झौता (एमसीसी) नेपालको हितमा रहेको भन्दैएमसीसीलाई बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एमसीसीले नेपाली जनतालाई समृद्ध बनाउने भन्दै यसलाई नेपाली जनताले बाजा बजाएर स्वागत गर्नुपर्ने बताएका हुन् ।
साथै, उनले एमसीसी पास भए अमेरिकी सेना आउँछभनेर गलत प्रचार गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्यन्त्र भएको भन्दै उनले भने,‘नेपालमा जंगलको बाघले खानुभन्दा पहिला मनको बाघले खाने प्रचलन रहेको छ ।’अमेरिकी जनताले साम्राज्यवाद र सामन्तीको विरुद्ध लडेर लोकतन्त्र प्राप्त गरेको स्मरण गराउदै उनले अमेरिकालाई सामन्ती भन्नु गलत भएको टिप्पणी गरे ।
‘म अमेरिकामा बस्दा महशुसगरेको कुरा के हो भने दुई देशबीच धेरै ठुलो भिन्नता छ ।अमेरिकी जनताले सामन्तवादको नाम समेत सुन्न चाहदैनन्’–उनले भने । यस्तै,अमेरिकाले नेपाली जनताको आर्थिकस्तर उन्नत बनाउनको लागि हाइड्रोमा संभावना देखेर सहयोग गर्न लागेको भन्दै उनले एमसीसीलाई विथोल्ने काम कोहीबाट पनि हुन नहुने धारणा राखेका थिए ।
‘विद्युत उत्पादन गरेर विदेशी राष्ट्रहरुलाई बेच्ने हो । भारतले अहिलेको अवस्थामा हामीले उत्पादन गरेको विद्युत किन्न मान्दैन् । तर, अमेरिकाले भनेपछि भारतले पनि किन्दिनँ भनेर भन्न सक्दैन् । त्यसैले हामीले भारतलाई पनि बेच्न सक्छौं’–उनले भने ।
नेपालमा कतिपय राजनीतिक दलका नेताहरु सामाजिक अभियान्ताको नाममा केही फाइदा हुन्छ कि भनेर एमसीसीको विरोधमा लागेको उनको आरोप थियो । ‘अमेरिकी भिसा पाउन मरिहत्ते गर्ने अनि विकास हुँदा किन विरोध गर्ने ?’–उनको प्रश्न थियो ।
‘वि.स. २०५७÷५८ सालमा नेपालका सरकारी बैंकहरु घाटामा गएका थिए । त्योबेला विदेशीहरुले सहयोग गर्छौं भन्दापनि विदेशीले बैंकनै लग्न थाल्यो भन्ने हल्ला गरियो, यस्तै विरोध भएको थियो । तर, आखिरमा उनीहरुले बंैकलाई नाफामा पुर्याएर फिर्ता गएका थिए । त्यसैगरी एमसीसीले पनि नेपाली जनतालाई खुसी बनाउने छ’–उनले भने ।
‘अमेरिकी यस परियोजनामा नेता र कर्मचारीले बाँडेर खान नपाउने भएको हुँदा यस्तो भएको हो । त्यसैले यसलाई संसद्ले अनुमोदन गर्नुपर्छ’–उनले भने ।
साथै, उनले बनेपा–बर्दिवासको बाटो जापानले बनाएको स्मरण गराउदै विदेशी लगानी गर्नुहुँदैन् भन्नु गलत मानसिकता भएको टिप्पणी गरे । यस्तै, उनले एमसीसी पास भए अमेरिकी सेनाले कब्जा गर्छ भन्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै एमसीसी पास नगराउन अन्य कुनै देश पनि लागेको छ कि ? भन्दै आशंका व्यक्त गरे ।