Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्रतिनिधिसभाको बैठक स्थगित

Sunday, January 2, 2022 National Power

काठमाडौं –  आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ । हाल माओवादी केन्द्रको महाधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको छ ।

आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन गर्ने तयारी छ ।