Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रज्ञा र नरहरीको “तिमिलाई नै सम्झिरहन्छु” सार्वजनिक

Saturday, January 1, 2022 National Power

काठमाण्डौ –  नवप्रतिभा प्रज्ञा अधिकारी ‘तिमिलाई नै सम्झिरहन्छु’ गीतमार्फत नेपाली सांगीतिक बजारमा उदाएकी छिन् । अधिकारीले नरहरि प्रेमीको संगीत र पुष्पा पौडेलको शव्दमा तयार पारिएको गीतमा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकभाकालाई संगीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले केहि नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बजार व्यवस्थापन भने श्रुति संगीत विद्यालयले गरेकोछ ।

Narahari Premee YouTube Channel मार्फत प्रस्तुत यो क्यात Soft Romantic गीत निर्माण शैलीका हिसाबले हेर्नेहोभने विशेषगरि नयाँ पुस्तालाई लक्षित गरि तयार पारिएको देखिन्छ । यद्यपि शव्द संगीतको आधारमा भने सवै उमेरका श्रोताहरुले मन पराउने संकेत देखिन्छ । संगीतका सबैखाले विधामा उत्तिकैनिपुर्ण गायक तथा संगीतकार नरहरि प्रेमीले यस गीतमा आफ्ना अघिल्ला प्रस्तुतिहरुभन्दा केहि पृथकता दिने प्रयास गरेका छन् ।

नेपाली संगीत वृतका अत्यन्तै लोकप्रिय वाद्यवाधकहरु रत्न बि.क. को बाँसुरी , मनिष गन्धर्वका सारङ्गी , संजीव बराईलीको गिटार साथै पोषण मगरको मादल आदिको कलात्मक वाद्यसंयोजनले पनि यस गीतमा सुनमा सुगन्ध थपेजसरी काम गरेको छ ।

पछिल्लो थोरै समयकै अन्तरालमा एउटा गुनासो , नरोज माया, कान्हा र पैसोवाला गीतमा आफ्नो सिजर्नात्मक विविधता पस्किसकेका संगीत गुरु नरहरि प्रेमी आफ्नी नवचेलीसँगको ‘तिमीलाई नै सम्झिरहन्छु’ नेपाली संगीत जगतको नौलो दस्तावेज हुनेमा ढुक्क देखिएका छन् ।