Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कृष्ण काफ्ले र समीक्षा अधिकारीको आवाजमा ‘चोलीको तुना’ सार्वजनिक

Friday, December 17, 2021 National Power


काठमाण्डौ – गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ ।  गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।

सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् ।  हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।

राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशाबादी देखिएका छन् । हुन त गायक कृष्ण  काफ्लेका  थुप्रै गीतहरू हिट छन् । पर्ख पर्ख मायालु, देखन चम्पा , तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् । कृष्ण काफ्लेलाई नेपाली फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल र बहु आयामिक गायकको रूपमा लिइन्छ । यसो त गायिका समीक्षा पनि अहिलेकी चल्ती गायिका हुन् । दर्जनौँ गीतमा आवाज दिइसकेकी उनको प्राय गीतहरू हिट छन् ।