Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ठमेलमा खुल्यो भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार

Wednesday, December 15, 2021 Devil Singh Rajput

काठमाण्डौ । काठमाण्डौको ठमेलमा भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार संचालनमा आएको छ । आजबाट संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकारह्र खान पाईने छ । विशेष गरि विदेशी पर्यटकहरुको भ्रमण स्थल र पछिल्लो समय स्वदेशी पर्यटकहरुको लागि पनि आर्कषक बनेको ठमेलमा संचालनमा आएको यस रेष्टुरेण्टमा स्वच्छ नेवारी खाना खाजा उपलब्ध हुने यस रेष्टुरेण्टका संचालक मध्ये एक मधु ढकालले बताउनुभएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहहरु काठमााण्डौ आएपछि ठमेल नआउने कम नै हुने र ठमेलको बारेमा र काठमाण्डौको नेवारी खानाको बारेमा नसुनेको मान्छे नेपालमा कम नै भएको कारण एकदमै उत्कृष्ट नेवारी खानाका परिकारहरु पेश गर्नको लागि पनि बिषम परिस्थितमा पनि रेष्टुरेण्ट संचालनमा ल्याएका हा्े् अर्का संचालक महेश महर्जनको भनाई रहेको छ ।
ठमेलको नरसिंह चोकमा वर्ड टच टुर्स एण्ड टाभल्स् प्रा.लि. रहेको भवनमा संचालनमा आएको रेष्टुरेण्टमा स्वादिष्ट नेवारी परिकारहरु उपलब्ध छन् ।