Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

“मिस्टर एण्ड मिस टीन ईन्टरनेसनल नेपाल” को आवेदन फारम खुल्ला

Thursday, November 25, 2021 Devil Singh Rajput

काठमाडौँ — मंसिर ९, २०७८।

फेसन ईराद्धारा आयोजित किशोर किशोरीहरु लक्षित “मिस्टर एण्ड मिस टीन ईन्टरनेसनल नेपाल” मा सहभागिताको लागि आवेदन खुल्ला भएको छ ।

किशोरकिशोरीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार युवाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको आयोजक आनन्द सिंहले जनाएका छन।

विगत लामो समयदेखि राजधानीमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको फेसन ईराले नेपाली कला संस्कृतीको संवर्द्दन तथा प्रवर्द्दन गर्दै विभिन्न अन्तर्राष्ट्रिय मंचहरुमा नेपाली कला संस्कृतीको प्रतिनिधित्व गराउदै आएको छ। जस अनुरुप मिस्टर एण्ड मिस टीन ईन्टरनेसनल नेपालको विजेताले १ लाख बराबरको उपहारसंगै थाईल्याण्डको बैङ्ककमा हुने मिस्टर एण्ड मिस टीन ईन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गर्न पाउने छन। साथै विजेताको लागि थाईल्याण्ड र पोखराको टिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगितामा सहभागि हुनको अडिसन फाराम खुल्ला रहेको र छनौट प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास,वाक कला, शारारिक फिटनेश, स्टेज पर्फमेन्स क्याटवाक, जुम्वा,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर सम्वन्धी बिभिन्न विधामा प्रशिक्षण प्रदान गरिने छ। साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानव अधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रमको साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन गरिने आयोजक आर डी लामाले जनाए।

अनलाईन फारम लिंक-
https://bit.ly/3b52DeR