Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘मिस्टर एण्ड मिस प्यासेफिक काठमाडौँ २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

Monday, September 20, 2021 Devil Singh Rajput

काठमाडौँ — आश्विन ४, २०७८।

पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन।

‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन।

यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन।

गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए।

निशा पाठकले संचालन गरेको उक्त प्रतियोगितामा विधागत तर्फको अवार्ड हातपार्नेमा मिस्टर भिवर्स चोईस र मिस्टर फोटोजेनिक सप्रस्वत कोईराला, मिस भिवर्स चोईस, मिस फोटोजेनिक र मिस ट्यालेन्ट आयुस्का महर्जन, मिस्टर पिपुल्स चोईस र मिस्टर ट्यालेन्ट मनदोज लामा, मिस पिपुल्स चोईस, मिस मल्टिमिडिया बिनु थापा, मिस्टर मल्टिमिडिया र बेस्ट ड्रेस सुमन तामाङ र पल्लवी क्षेत्री, मिस क्याटवाक पुजा शर्मा, मिस डिसिपिलिन रितु थापा, मिस्टर कन्जिनियालिटी आयुष खत्री, मिस कन्जिनियालिटी गंगा राई रहे।

प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रशान्त साहले बताए ।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर आर्शु महर्जनले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए।