Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘वर्ल्ड डाईभरसिटी नेपाल, २०२१’ सम्पन्न

Wednesday, September 8, 2021 Devil Singh Rajput

काठमाडौं — भाद्र २३, २०७८।

न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित ‘वर्ल्ड डाईभरसिटी नेपाल, २०२१’ मा एलेक्स गुरुङ बिजयी भएका छन । जडिबुटीस्थित जडिबुटी बैङ्क्वेटमा सम्पन्न प्रतियोगितामा टिन र मिस डाईभरसिटी भने ऐश्वर्या क्षेत्री,र संस्कृती पौड्यालले हात पारे।

फस्ट रनर अप ईसिका र सरोजले हात पारे भने मिस ट्यालेन्ट पुजा खत्री, बेष्ट पर्सनालिटी अन्जली शाह, मिस कन्जेनालिटी सम्झना लामा र मिस्टर पर्सनालिटी रोमस मगरले हात पारे।

प्रतियोगिताको निर्णायकमा मनिष राउत, सङ्सिता श्रेष्ठ र वेनिस भन्डारी रहेका थिए । अतिथिका रुपमा माधव निर्दोस र दयाराम घिमिरे रहेका थिए। ।

न्यु राईज ईन्टरटेनमेन्टले अबको आउँदो दिनमा अझै नयाँ प्रतिभालाई प्राथमिकता दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउँदै प्रोत्साहन दिने आयोजक कमल देउवाले बताए।

आयोजकका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।