Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मौलिक खान्दोके सेलो मार्फत पर्यटन प्रवर्द्धन गर्दै आस्मान लोप्चन

Thursday, September 2, 2021 Devil Singh Rajput

काठमाडौँ — भाद्र १७, २०७८।

सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली “आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ ।

गायक लोप्चनले यो नयाँ खान्दोके सेलोको भिडियोले मौलिक भाका, गीत संगीतको जगेर्ना गर्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे मान्द्रामा पर्ने स्थानिय पर्यटकिय स्थानहरुलाई पनि चिनाउने कोशिस गरेको बताउनुहुन्छ । बिशेष गरि भिडियोमा बयौलि कुण्ड, गुम्बा र मान्द्रा गाउँलाई भिडियोमा प्राथमिकता दिएका छन ।

“आगो त बाल्ने सलाईको” राम लामाको निर्माणमा तयार भएको भिडियो क्लिक नेपाल युट्युब बाट बजारमा ल्याएको होे । आस्मान लोप्चनको लय तथा शब्द संकलन र जोगलाल लामाको संगीत संयोजनमा बनेको गीतमा आस्मान लोप्चन र माया स्याङ्बोको स्वर रहेको छ । गीतको ध्वनि सम्पादन दिपेश प्रधानले गरेको हो ।

भिडियोमा आस्मान, पार्वति तामाङ, राम लामा र माया स्याङ्बोलाई देख्न सकिन्छ । बज्र ङ्येसुरले छायांकन, सुरेन्द्र ठकुरीले ऋङ्गार गरेको भिडियोको निर्देशन र सम्पादन पनि आस्मान लोप्चनले नै गरेका हुन ।

भिडियो—