Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राजनीतिमा थिति बसाल्न मेरो उम्मेदवारी – सापकोटा

Thursday, April 13, 2017 National Power


राजनीतिलाई पेशाको रुपमा लिनेहरु प्रति खरो अलोचक हुन, राम प्रसाद सापकोटा ।

त्यसैले त उनी आफ्नो छुट्टै पेशाको साथमा आफ्नो आदर्श पार्टी नेपाली काँग्रेसको राजनीतिलाई पनि अघि बढाईरहेका छन् ।

२०५६ सालमा महेन्द्र रत्न क्याम्पस ताहचलको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका सापकोटाले त्यसयता भएका विभिन्न किसिमका आन्दोलनहरुमा आफुलाई सक्रिय राखेका छन् । २०६२÷६३ को जनआन्दोलनमा अग्रभागमा रहेर शाही शासन विरुद्ध आन्दोलन गर्दा घाईते समेत भए भने कही समय प्रहरी हिरासतमा समेत रहे ।

जनआन्दोलनको सफलता पछि तनहँु बन्दीपुर स्थित आफ्नो जन्मथलो फर्केका उनले त्यहाँ रहेर उक्त गाउँ र ठाउँको विकासका लागि हरवखत लागि परे । काठमाडौँको जागिरबाट समय निकालेर आफ्नो गाउँ र ठाउँको विकासको लागि हरवखत लागि पर्ने व्यक्ति हुन, सापकोटा ।

गाउँको समस्यालाई केन्द्रमा पुर्याउन र केन्द्रका नीति तथा कार्यक्रमहरुलाई गाउँसम्म पुर्याउन हरवखत अग्रभागमा रहेर सकृय पुर्वक लाग्ने गरेका छन् ।

समाजशास्त्रमा स्नाकोत्तर गरेका यीनीले विभिन्न सामाजिक संघ संस्थाहरु, नेपाल रेयुकाइ, महिला विकास मंच आदीमा रहेर समाजसेवामा समेत सकृय छन् ।

असाहाय, टुहुरा बलबालिकाहरुको संरक्षण गरी उनीहरुलाइ शिक्षा, दिक्षा दिलाउन समेत विगत केही बर्ष देखि लागि परेका छन् ।

यसरी हेर्दा क्षेत्रमा आफुलाई सकृय राखेका यीनी अब हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बन्दीपुर गाउँपालिका वडा नं २ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको दावेदारी गरेका छन् ।

एकजना पढेलेखेका, गाउँसमाज बुझेका, युवा व्यक्ति जस्को कुनै व्यक्तिगत स्वार्थ छैन, आफ्नो जिविको पार्जनको लागि राजनीतिको भर पर्नुपर्ने छैन, त्यस्ता व्यक्तिले उक्त वडाको नेतृत्वको लागि दावेदारी प्रस्तुत गरेको खबर पाउने वित्तिकै स्थानीयहरु निकैनै उत्साहित भएका छन् ।

स्पष्ट भिजन
नयाँ संरचना अनुसार स्थानीय तहलाई आर्थिक सामाजिक, भौतिक लगाएत विभिन्न क्षेत्रमा बलियो बनाई स्थानीय सरकारलाई आत्मनिर्भर र बलियो बनाउने खाका सहित आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन् । स्थानीय स्तरमा गर्नु पर्ने विकास निर्माणका विभिन्न कामहरुलाइ प्राथमिकतामा राखी हिजो विभिन्न समयमा विभन्न स्थानमा रहेर काम गरेकाहरुलाई उचित सम्मान र स्थान दिने यीनको योजना छ ।

एकजना पढेलेखेका युवा जो भिजन सहित पुरानको सम्मान र नयाँलाई प्रोत्साहन गर्ने योजना सहित बन्दीपुर गाउँपालिको वडा नं २ मा अध्यक्षको दावेदारी गरीरहँदा विपक्षी समेत उनको योजना बाट प्रभावित भएका छन् ।

त्यसैले एकजना सक्षम, जुझारु र भिजन सहित गाउँ विकासमा समर्पित हुने योजना बोकेका यी युवालाइ आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्षको भुमिकामा देख्न चाहने उक्त वडाका बासिन्दाहरुमाझ अहिले निकै लोकप्रिय भइसकेका छन् । यस्तो अवस्थामा उनले दावेदारी गरिरहेका अन्य प्रतिष्पर्धीहरुलाई पछी पारिसकेको अनुभव त्यहाँका जनताले गर्न थालेका छन् ।

प्रस्तुतीः नवराज दुवाडी ९८५११४६७९१