Sunday 19th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

कोदालो प्रहारद्धारा एकको हत्या

Thursday, April 13, 2017 National Power

३१ चैत, नवलपरासी – नवलपरासीको गैंडाकोटमा आज बिहान दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी  हत्या भएको छ ।

आफ्नो घरमा भाडामा बस्ने दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई गैडाकोट नगरपालिका–२ का ४१ वर्षीय विष्णुप्रसाद पौडेलले हत्या गरेका हुन ।
सामान्य बिबाद हुँदा बिहान ३ बजे तिर कोदालोले टाउकोमा प्रहार गरी घाइते भएका रिमालललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको र उपचारको क्रममा मृत्यु भएको हो । हत्यारालाई प्रहरीले नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।