Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रे ट्राफिक प्रहरीले गर्यो बढी भाडा लिने सार्वजनिक सवारीलाई कारवाहीमा

Saturday, July 24, 2021 National Power

   काभ्रेपलान्चोक – सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने सार्वजनिक सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ ।

यातायात व्यवस्था विभागले सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै पुर्वी देखी काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि जिल्ला ट्राफिक प्रहरी काभ्रेले अनुगमन गरी कारवाही गरिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले बताउनु भयो ।

प्रहरीले शुक्रबार देखि शनिबार बिहानसम्म बढी भाडा लिने र ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ५५ सवारीलाई कारवाही गरेको छ ।

उता यात्रु दिपेन्द्र श्रेष्ठ पनि भाढा बढेको गुनासो गदै ट्राफिक प्रहरीलाई जानकारी गराएको बताउछन् । पहिलाको भन्दा अहिले सार्वजानिक यातायातमा भाढा निकै बढेको छ । पहिला पन्ध्र रुपैयामा हिडने हामी अहिले तिस रुपैया र्तिनु परेको छ । यसको अनुगमन कसले गर्छ ।

शुक्रवारदेखि शनिबार दिउँसो १ बजेसम्म बढी भाडा लिने र ट्राफिक प्रहरी लाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ५५ सवारीलाई कारवाही गरिएको छ । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन प्रहरीले आह्वान गरेको छ बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।

बनेपाको गोदामचोकमा चेक जाँच गर्ने क्रममा धादिङ जिल्लाको गजुरी गा पा ५ घर भएको निबेश रिजालको सवारी चालक अनुमति पत्र नक्कली भएको हुदाँ आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको श्रेष्ठले बताउनुभयो ।
उता सवारी चालक पशुराम सापकोटा पनि कुनै पनि भाढा नबढाएको बताउछन् । केही एक दुई वटा सवारी साधनले बढाएर लिए होला । हामीले नेपाल सरकारले तोके बमोजिम नै लिएका छौ ।
शुक्रबार कारवाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको ट्राफिक प्रहरी काभ्रेले जनाएको छ । सार्वजानीक यातायातले लिएको बढि भाढा एक लाख छ हजार बराबरको भाढा यात्रुलाई नै फिर्ता गराएको प्रहरीले जानकारी दिएको छ ।