Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नियन्त्रणमा लिएर राष्ट्रपति र प्रधानमन्त्रीलाई राजीनामा गर्न लगायो मालीको सेनाले

Thursday, May 27, 2021 National Power

पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा दिन लगाएको छ। समाचार संस्था रोयटर्सका अनुसार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले राजीनामा दिन लगाएको हो। उनीहरूलाई सेनाले सोमबार नियन्त्रणमा लिएर राजधानी बामाकोबाहिर काटीस्थित सेनाको गणमा राखेको थियो।

दुई दिन सैनिक नियन्त्रणमा रहेका उनीहरूले बुधबार राजीनामा दिएको मालीका उपराष्ट्रपति तथा सैनिक शासक बाबा सिसेका सहयोगीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। उनका अुनसार राजीनामा दिएकाहरूलाई रिहा गर्ने र नयाँ सरकार बनाउनेबारे ुनेगोसिएसनु भइरहेको छ। अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा लिइएका नेताहरूलाई बिनासर्त रिहा गर्न गरेको आग्रहलाई बेवास्ता गर्दै सेनाले उनीहरूलाई राजीनामा दिन बाध्य पारेको हो। केही दिनअघि सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ।

राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो। यो बीचमा उनीहरूको सेनासँग असन्तुष्टि बढेको थियो। मुख्य पद सेनाले आफ्नो नियन्त्रणमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए।