Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेस्रो संस्करण हुँदै

Thursday, May 20, 2021 National Power


काठमाडौ ( नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ ।  सन्तोष सुवेदीले स्वदेशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् ।

इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् । ‘पहिलो र दोश्रो संस्करणको सफलतासँगै तेश्रो संस्करणको आयोजना गर्ने तयारी थालेका हौं । यसका लागि जुरीहरू छान्ने काम पनि सुरु भइसकेको छ । फेस्टिवल चैं डिसेम्बरमा गर्ने योजना छ,’ सन्तोषले बताए ।

उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।

फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फिल्म, उत्कृष्ट ह्युमन राइट्स फिल्म, उत्कृष्ट चिल्ड्रेन फिल्म, उत्कृष्ट वुमन फिल्म र उत्कृष्ट एनिमेटेड फिल्म गरी ७ विधामा अवार्ड बाँडिनेछ । यसमा उत्कृष्ट हुने फिचर फिल्मले ट्रफीसँग ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी सबै विधाका विजेताले २ सय ५० डलर प्राप्त गर्नेछन् ।