Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

योङ माइन्ड म्युजिक अवार्डको तेस्रो संस्करण चैत २३ मा वरिष्ठ गायिका बिमाकुमारी दुरा लाई लाइफटाइम अचिभमेन्ट संमान गरिदै

Wednesday, March 17, 2021 National Power

काठमाण्डौ – हार जितको खेल होईन यो,श्रष्टा संमानको मेला हो सोच सकारात्मक परिवर्तनको आधार ,स्रष्टाले खोजेर भन्दा स्रष्टालाई खोजेर गरिने संमान भन्ने मुल नाराका साथ शुरु गरिएको योङ माइन्ड म्युजिक अवार्ड २०७७ को तेस्रो संस्करणको उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र आइतबार प्रदान गरिएको छ । योङ माइन्ड म्युजिक अवार्ड समितिका अध्यक्ष मुनाल शिशिर कोइरालाको अध्यक्षतामा प्रमाणपत्र प्रदान गरिएको हो ।

विभिन्न ५७ विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, लोकपप चलचित्र लगायतका विधाका स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय,कलाकार निर्देशक माधब राज खरेल ,पुर्व प्राज्ञ तथा संगीतकार ज्योति प्रकाश ,पत्रकार नेशनल पावर मासिकका सम्पादक कमला जोशी,संचारकर्मि गीतकार किस्ना आचार्य रोशनी ,गीतकार लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराई गीतकार रमेश दाहाल लगायतको आतिथ्यता थियो ।

यहीँ आगामी चैत २३ गते जमलको नाचघरमा सम्पन्न हुने अवार्ड कार्यक्रमको अवसरमा नेपाली सांगीतिक क्षेत्रमा ३ दशक लामो सक्रियता साधना र यस क्षेत्रलाई पुर्याएको योगदानको उच्च संमान गर्दै वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा लाई नगद रु २५५०० सहित लाइफ टाइम अचिभमेन्ट संमान गरिने र नेपाली पत्रकारिता जगतमा सक्रिय रहि कलम चलाइरहेका ४ संचारकर्मी पत्रकार कमला जोशी (सम्पादक पावर न्युज राष्ट्रिय मासिक, जीवन पराजुली (ठुलोपर्दा डट कम), दिपज्योती थापा र किस्ना आचार्य रोशनी (सम्पादक ताजा खबर डट कम, खबर वर्षा डट कम) लाई नगद रु ५५५५ सहित पत्रकारिता संमान प्रदान गरिने अवार्ड आयोजक समितिका अध्यक्ष कोइरालाले जानकारी दिएका थिए । कार्यक्रमलाई सञ्चारकर्मी दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।