Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे

Thursday, February 25, 2021 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम आज विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् । उनले प्रचण्डसँग एक घन्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेका छन् ।

विहान सात बजे खुमलटार पुगेका गौतम आठ बसेपछि निस्किएका थिए । त्यहाँ उनले प्रचण्डसँग एक्ला एक्लै समेत कुराकानी गरेका थिए ।

गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए ।

नेकपा विभाजन भइसकेपनि गौतम कुनैपनि पक्षमा छैनन् । उनले एकता अभियान चलाउँदै आएका छन् । पछिल्लो समय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।