Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बनेपा हेल्थकेयरको उदाहरणीय काम, सामुदायिक स्वास्थ्य चौकीहरुलाई डिस्पेन्सर मेशिन सहयोग

Sunday, February 21, 2021 National Power

काभ्रेपलान्चोक – बनेपा नगरपालिका अन्र्तगत रहेका स्वास्थ्य चौकीहरुमा बनेपा हेल्थकेयरले शुद्ध पानी पिउनका लागी डिस्पेन्सर मेशिन प्रदान गरेको छ

हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेलाई एक कार्यक्रमका विच उक्त डिस्पेन्सर हस्तान्तरण गर्नु भएको थियो ।

हेल्थ केयरका निर्देशक थापाले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य चौकीमा आएका सेवाग्राहिहरुले शुद्ध पानी खाने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको बताउनु भयो । नगर प्रमुख बादेले सहयोगी संस्थालाई धन्यबाद दिदै नगरपालिकाले मात्र नभई सम्पूर्ण संघ संस्था, नगरवासीहरु मिली नगरबासीहरुको विकास गर्न सकिने बताउनु भयो ।

कोरोनाको महामारीमा समेत नगरलाई सम्पुर्ण नगरबासीहरुको सहयोग रहेको हुदाँ नगरपालिकाले गर्नुपर्ने कर्तब्य गर्ने बताउनु भयो । कार्यक्रममा हेल्थ केयरका निर्देशक थापाले स्वास्थ्यको क्षेत्रमा निरन्तर सक्रिय रहेको बतउनु भयो । त्यसैगरी हेल्थ केयर प्रालिले काभ्रेका विद्यालयहरुलाई निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको थापाले बताउनु भयो ।

बेलर किड्स क्यासल बनेपा, काभ्रे इङ्गलिस मावि पनौतीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मास्क, स्यानीटाइजर, फेस सिल्ड, पन्जा, फस्र्ट एड बक्सहरु विद्यालयहरुलाई वितरण गरेको निर्देशक थापाले बताउनु भयो ।

बनेपा हेल्थ केयरले यसअघि बनेपाको बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पस र बनेपाको बिद्या सागर स्कुल, सिद्धार्थ स्कुल र ज्ञानकुञ्ज स्कुलमा स्वास्थ्य सामाग्री वितरण गरेको र आगामी दिनमा पनि अन्य शैक्षिक संस्थाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने केयरका सिईओ शिव पौडेलले जानकारी दिनुभयो ।