Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई लभ लभ लभ ले दियो एक लाख पुरस्कार

Monday, April 10, 2017 National Power

बैशाख १ मा रिलिजको लागी तयार फिल्म लभ लभ लभको तर्फबाट एक महिना पहिले घोषणा गरिएको आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोसु कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । लभस्टोरी पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख नगद थमाएकी थिईन् । कार्यक्रममा निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी थिए ।

कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा गुदी भेटेको तर्क गरे । फिल्म बन्ने नै खालको कसैको पनि पाईएन्, खनालले भने, एलिशा जी ले पठाएको कथाको क्लाईमेक्स म स्वयंमले लेखेको लभ लभ लभसँग मेल खाने जस्तो पाएँ, अन्यको तुलनामा संभावना बोकेका लाईनहरु उहाँको कथामा छ ।

उता विजयी भएको कुरालाई अहिले सम्मकै ठुलो सरप्राइज भन्दै नर्भस देखिएकी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् ।

गत हप्ता सम्पन्न एक सौन्दर्य प्रतियोगितामा भाग लिएर वेष्ट फिगर तर्फ विजेता बनेकी एलिशा होटल म्यानेजमेन्ट तर्फ स्नातक तहकी विधार्थी हुन् । फिल्म लभ लभ लभ को तर्फबाट यो प्रकारका आधा दर्जनजति पुरस्कार योजना सहितका कार्यक्रम सम्पन्न भईसकेका छन् ।