Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

Friday, January 22, 2021 National Power

अमेरिका- अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ । अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।

विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो ।