Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ का विजेताहरु पुरस्कृत, उपाधी सृजना घिमिरे लाई

Sunday, December 27, 2020 Devil Singh Rajput

 

चितवन — पुस १२, २०७७।

‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन।

राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन।

प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन। उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन।

कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट १२ मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङ र निर्णायकहरुको मत पश्चात विजेता छनौट गरिएको हो । जसको लागि ५० प्रतिशत मत अनलाईन भोटिङ मार्फत र ५० प्रतिशत मत निर्णायकमार्फत प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका थिए।

प्रतियोगितामा विधागत तर्फ पब्लिक चोईस अवार्ड ईटहरीकी प्रेतिका अधिकारी, बेस्ट मेल डान्सर चितवनका मनोज बिके, बेस्ट फिमेल डान्सर चितवनकी शोना घिमिरे, बेस्ट मेल एक्टिङ गैंडाकोटका रोहित पाण्डे, बेस्ट पर्फर्मेन्स काठमाडौंका जनम परियार, मल्टीमिडिया अवार्ड चितवनकी अर्बिना ढकाल, कन्फिडेन्सियल अवार्ड चितवनकी बिकिता कंडेल, बेस्ट स्माईल अवार्ड रुपन्देहीकी आरोही अधिकारीले प्राप्त गरेकी छिन।

कम उमेरका युवाहरूमाझ लोकप्रिय टिकटकबाट नयाँ प्रतिभा कलाकारितामा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। जसको सेरोफेरोमा रहेर मिस्टर एण्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । कार्यक्रमको भव्य समापन पश्चात आफूलाई यस्ता कार्यक्रम आयोजना गर्न थप हौसला पुगेको लामिछानेले जनाए।