Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जन चेतना नेपालको ‘जाडोमा न्यानो’ अभियान

Saturday, December 19, 2020 National Power

काठमाडौं – जन चेतना नेपालले ‘जाडोमा न्यानो’ अभियान अन्तरगत ४० जना भन्दा बढीलाई न्यानो कपडा वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालीका– ३ का वडाध्यक्ष बिष्णु बहादुर तामाङको उपस्थितिमा सरमथली र चैथलीका ४० भन्दा बढी बृद्धबृद्धा, अपाङ्ग र अशक्तहरुलाई जन चेतना नेपालले न्यानो कपडा वितरण गरेको हो ।

चिसो बढ्दै गएको जाडो मौसममा जनचेतना नेपालले आफ्नो वडामा आएर न्यानो कपाडा वितरण गरेकोमा वाडाध्यक्ष तामाङले धन्यवाद दिए । उनले संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य रहनेमा विश्वास व्यक्त गरे ।