Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

खरेल, नेपाल, जोशी र राईले गिनिज बुकमा नाम लेखाए

Thursday, November 26, 2020 National Power

काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गीनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।

लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले।

नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ( ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । गिनिज वल्र्ड रेकर्डवाट प्राप्त प्रमाण पत्र केही दिन पछि विशेष कार्यक्रम गरी किर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने कुरा आयोजक पिम नेपालले जनाएको छ ।