Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

Tuesday, November 24, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १४ लाख २ हजारको कोरोनाबाट मृत्यु भएको छ । विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १५ हजार पुगेको छ । जसमध्ये ४ करोड ११ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड २७ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६३ हजारको मृत्यु भइसकेको छ । भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ । यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४४ हजार संक्रमित संख्यामध्ये ४९ हजारको मृत्यु भइसकेको छ ।

रुसमा २१ लाख संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ५० हजारको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ । अहिलेसम्म २ लाख २२ हजार २ सय ८८ संक्रमित भइसकेका छन् ।