Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै

Thursday, November 12, 2020 National Power

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको भोलिका लागि तय भएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पक्षधरले महत्वपूर्ण प्रस्ताव अगाडि सार्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरले विगतको सहमति कार्यान्वयनको बिन्दुबाटै अगाडि बढ्ने प्रस्ताव प्रस्तुत गर्ने भएको हो ।

विश्वस्त स्रोतका अनुसार सहमतिका लागि हालै गरिएको नयाँ मन्त्री नियुक्ति र राजदूत नियुक्तिको सिफारिश गर्ने निर्णय सच्याउनुपर्ने प्रस्ताव ओलीविरोधी पक्षले राख्दैछ । डा. युवराज खतिवडा, लोकदर्शन रेग्मीलगायतलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिश र नयाँ मन्त्री नियुक्तिको निर्णय सच्याउनुपर्ने मुख्य प्रस्तावका अलावा अन्य प्रस्ताव पनि तयार गरिएको छ ।

पार्टीमा छलफल नगरी ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णयहरु गरेको भन्दै प्रचण्डलगायतका नेताहरु असन्तुष्ट छन् । उनीहरुले ओलीलाई हटाउने सम्मको रणनीति तय गरेको विषय चर्चामा छ । प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने स्पष्ट पार्दै आएका छन् ।

ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप प्रचण्डमाथि लगाएका छन् । तर, माधवकुमार नेपालले ओलीसँगको भेटमा पार्टीलाई एकतावद्ध गर्न सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । ओलीले पनि सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठन गरेर सहमति गर्ने प्रस्ताव ल्याउने बुझिएको छ ।