Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक’ सार्वजनिक (भिडियोसहित)

Wednesday, November 4, 2020 National Power

काठमाडौं-विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक‘’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

हरमन मुटुमा बेग्लै तरङ्ग छेड्दै‘’ सार्वजनिक गीतमा नेपालमा प्रकाशित धेरै भन्दा धेरै उपन्यासको नाम लिइएको छ । डा.उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।