Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

१५ वर्षीया किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

Tuesday, November 3, 2020 National Power

डोटी-जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो । निज किशोरीलाई प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन् ।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आफन्तको भनाइ छ ।

“अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा गएर उपचारपश्चात होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएका हौँ” किशोरीका बुवाले भने, “नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु, हामीले न्याय पाउनुपर्छ ।”

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, “किशोरीको घाँटीमा पासो लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, मुद्दा चल्छ ।” यसैगरी निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा नीलडाम रहेको छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सधैँ फोन गर्ने गरेको पीडित किशोरीले आरोप लगाएकी छन् ।