Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गीतकार उपाध्यायको नवदुर्गा भजन सार्वजनिक

Saturday, October 17, 2020 National Power

काठमाडौ – आजदेखि नेपालीको महान् चाड वडा दशैँ सुरू भएको छ । यही सन्दर्भमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैँ भजन ‘नव दुर्गा’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको भजनको लिरिकल भिडियो सार्वजनिक भएको हो । सर संगीतमा रेकर्डिङ गरिएको गीतलाई पवन भाटले रेकर्डिङ गनुभएको हो भने सन्तोष पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।    https://youtu.be/bSBRHhsirUs