Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कोरोना संक्रमित ट्रम्प कारमा सरर

Monday, October 5, 2020 National Power

एजेन्सी- कोरोना भाइरसको संक्रमित भई अस्पतालमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक कारमा देखिएका छन् । उनी अस्पताल बाहिर कारमा मास्कसहित यात्रामा निस्किएको देखिएका हुन् ।

ट्रम्पले कारबाट हात हल्लाएको तस्वीर समेत सार्वजनिक भएको छ । उनी कारगेडसहित अस्पतालबाहिर पुगेका थिए । ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र पुनः वाल्टर रिड मेडिकल सेन्टरस्थित प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्दे दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए । उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताए । उनले भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें ।’ उनले पछिल्लो भोगाईलाई वास्तविक विद्यालय भने । ट्रम्प कारगेडमा निस्कँदा समर्थकहरु खुशी भएका थिए ।