Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्

Sunday, October 4, 2020 National Power

एजेन्सी- करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’

भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् । करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् । यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ ।

लाल सिंह चड्डामा देखिने छैन करिनाको ‘बेबी बम्प’

साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ । यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ ।

दोस्रो गर्भावस्थामा यो गल्ती दोहोराउन चाहन्नन् करिनाः

केही दिन अघि एक अन्तरवार्तामा करिनाले आफूले दोस्रो गर्भावस्थामा पहिलेका केही गल्ती दोहोराउन नचाहेको बताइन् । करिनाले भनेकी थिइन्, ‘तैमुरको समयमा जब म गर्भवती थिएँ तब मलाई धेरैले अत्यधिक खाना खान सुझाए त्यसैले मेरो २५ किलो तौल बढेको थियो । म फेरि त्यहि गल्ती दोहोराउन चाहन्नँ । मलाई त स्वस्थ र फिट रहनुछ । पहिलो पटक गर्भवती हुँदा धेरैले मलाई पराठा खान, घ्यू खान, दुध खान सल्लाह दिनुभयो । अब त म यो भन्छु कि ‘हेर यो सबै कुरा मैले गरिसकेँ’ । मलाई थाहा छ मेरो शरीरलाई के कुराको आवश्यकता छ ।’