Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बहिनीलाई बजार पठाएर दिदी बलात्कार १ आरोपित पक्राउ

Wednesday, September 30, 2020 National Power

राजविराज- बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका १ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो।

पीडितका अनुसार घरमा कोही नभएका बेला मादक पदार्थ सेवन गरेर आएका आरोपितले गत शुक्रबार साँझ बलात्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि आरोपित हतार–हतार पेन्ट लगाएर भागेको बताइन्। बालिकालाई बलात्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ।

पीडितको वयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कारवाही प्रकिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।