Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विश्वभर ३ करोड ३५ लाख कोरोना संक्रमित, मृतकको संख्या १० लाख नाघ्यो

Tuesday, September 29, 2020 National Power

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कुल संक्रमित ३ करोड ३५ लाख मध्य मृत्यु हुनेको संख्या १० लाख नाघेको हो ।

विश्वभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ । संक्रमितमध्ये २ करोड ४८ लाख संक्रमणमुक्त भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा २ लाख ९ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यहाँ ७३ लाख संक्रमित भइसकेका छन् । भारतमा ६१ लाख कोरोना संक्रमितमध्ये ९६ हजारको मृत्यु भइसकेको छ । कोरोनाविरुद्धको भ्याक्सिन विकास नहुँदा मृतक र संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको छ ।