Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सोधपुछ भइराख्दा दीपिका तीनपटक रोइन्ः अधिकारीले हात जोडेर भने, ‘रुनुको साटो वास्तविकता बताउनुहोस्’

Sunday, September 27, 2020 National Power


एजेन्सी-शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो । भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ ।

एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः

स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबैकुरा साँचो बोलेमात्रै उनको लागि राम्रो हुने बताइयो ।’

एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेका छन् त्यसैले अब एनसीबीको अनुसन्धान त्यसै दिशामा अघि बढ्ने स्रोतले बताएको छ । दीपिकाको लागुऔषध कारोबारीसँग कस्तो किसिमको सम्पर्क थियो भनेर पनि जान्ने कोसिस हुनेछ ।

यद्यपि, दीपिकाले आफूले ड्रग्सको सेवन गरेको भन्ने आरोप ठाडै अस्विकार गरेकी छिन् । उनले ड्रग्स ओसारपसार गरेको आरोप पनि अस्विकार गरेकी छिन् । यस्तोमा उनको मोबाइलबाट केही सुराग भेटिने अनुमान गरिएको छ ।

दीपिकाको स्विकारोक्तिः

साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सुशान्त सिंह राजपूत वा रियासम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँग ड्रग्सबारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हिस्सा भएको उनले स्विकार गरेकी छिन् ।