Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

हाकिमले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग

Thursday, April 6, 2017 National Power

२४ चैत्र,  दैलेख  – दैलेख जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला जवानले हाकिमले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी छिन् ।

जिप्रकामा कार्यरत रेखा कुँवरले म्यादी प्रहरी भर्ना छनौट स्थलमा डिएसपी केदार रजौरेले दुर्व्यवहार गरेको भन्दै महिला तथा बालबालिका सेललाई बोधार्थसहित भेरी अञ्चल प्रहरी प्रमुखको कार्यालयमा उजुरी दिएकी छिन् ।

‘कर्तव्य पालनाका सिलसिलामा कुनै गल्ती भए कार्यालयमा बोलाई सजाय दिनुपर्नेमा सार्वजनिक स्थलमा कुटपिट गरी पदीय आचरण विपरीतको काम गरेकाले निजउपर कारबाहीको माग गर्दछु’भनेर उनले उजुरी मा उल्लेख गरेकी छन् ।

म्यादी प्रहरी भर्नाका सिलसिलामा २० गते डिएसपी रजौरेले दुर्व्यवहार गरेको उनको आरोप लगाएपछि डिएसपीले दुर्व्यवहार गरेको नभई आफूले हपारेको जिकिर गरे ।

सामान्य घटनालाई महिला प्रहरी जवानले उचालेको प्रहरी प्रमुख विजयलाल कायस्थले बताए ।