Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु

Sunday, September 20, 2020 National Power

एजेन्सी- अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएका बताइएको छ ।

त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन् । आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ । सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन् । हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ ।

सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ । उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ ।

हालैमात्र अफगान सरकार र त्यहाँका ताबिलानहरुबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । तर पनि उता वार्ता जारी नै रहेका बेला यता तालिबानहरुले भने आक्रमण शुरु गरेका छन् । तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । सिन्ह्वा