Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा

Monday, September 14, 2020 National Power

एजेन्सी-कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ । इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ ।

प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा अब दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् ।

लकडाउन यस्तो समयम लगाइँदै छ जब यहूदीको महत्वपूर्ण चाड आउँदै गरेको छ । यो लकडाउनको विरोधमा एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने धम्की दिएका छन् ।

जोन्स होपकिन्स विश्वविद्यालयको आँकडा अनुसार करिब ९० लाखको जनसंख्या भएको इजराइलमा कोभिड–१९ का कारण ११ सय ८ को मृत्यु भइसकेको छ र १ लाख ५३ हजारभन्दा बढी संक्रमित पहिचान भइसकेको छ । पछिल्लो हप्तामा संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।

नयाँ प्रतिबन्ध कस्तो हुनेछ ?

आइतबार एक टिभी सम्बोधनमा प्रधानमन्त्रीले दैनिक चार हजार संक्रमित भेटिएको बताएका छन् ।

दोस्रो लकडाउन इजराइलका लागि महँगो साबित हुने अनुमान गरिएको छ । यसअघि मार्चको अन्त्यदेखि मेको सुरुवातसम्म पहिलो लकडाउन लगाइएको थियो ।

नयाँ प्रतिबन्ध अनुरुपः

– १० भन्दा बढी व्यक्ति कोठाभित्र भेला हुन नपाउने र बाहिर २० भन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन् ।

-स्कूल र सपिङ सेन्टर बन्द गरिनेछन् । मानिसहरु आफ्नो घर भित्र ५ सय मिटरको दुरीमा बस्नुपर्नेछ । काममा जानेहरुका लागि विशेष छुट दिइनेछ ।

– गैर सरकारी कार्यालय र व्यवसाय खुल्ला गर्न सकिन्छ तर ग्राहक भने जान पाउने छैनन् ।

– यद्यपि, सुपरमार्केट र औषधीका पसल खुल्ला रहनेछ ।

स्रोतः बीबीसी