Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रुस र चीनका ह्याकरद्वारा अमेरिकी राष्ट्रपति चुनाव प्रभावित पार्ने प्रयास

Friday, September 11, 2020 National Power

एजेन्सी- रुस र चीनका ह्याकरले अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित पार्ने प्रयास गरिरहेका छन् । माइक्रोसफ्टले ह्याकरहरुले अभियान नै चलाइरहेको खुलासा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले माइक्रोसफ्टले ह्याकरहरु सन् २०१६ मा जस्तै राष्ट्रपतिको चुनाव प्रभावित पार्न सक्रिय रहेको जानकारी दिएको उल्लेख गरेका छन् । डोनाल्ड ट्रम्प र जो बिडेनका अभियानकताृहरु साइबर रेडरको दृष्टिमा रहेको बुझिएको छ ।

३ नोभेम्बर सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । यसअघि २०१६ को चुनावमा पनि ह्याकरहरुको संलग्नता देखिएको थियो ।