Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर अध्यक्ष ओली निस्किए

Friday, September 11, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेर निस्किएका हुन् । उनले आफ्नो मात्र कुरा राखेर निस्किएको बुझिएको छ । प्रचण्डलाई अध्यक्षता गर्न भनेर जानुलाई ओलीले पार्टीको जिम्मेवारी सुम्पिएकोको रुपमा लिइएको छ ।

पार्टी विवाद समाधान गर्न पनि ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएको छ । यसैलाई लागू गर्न ओलीले बैठकको अध्यक्षता प्रचण्डलाई गर्न भनी बाहिर निस्किएका हुन् ।

नेकपाभित्र आज १५ वटा एजेन्डामाथि बैठकमा छलफल हुने तय भएको छ । सदस्यहरुले लिखित सुझाव राख्ने तय भएको छ ।