Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ड्रग्स मुद्दामा रिया चक्रवर्तीको दोस्रो जमानत याचिका खारेजः अदालतले भन्यो, ‘यो गम्भीर अपराध हो’

Friday, September 11, 2020 National Power

एजेन्सी-सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे विस्तृत अनुसन्धानको आवश्यकता भएको बताए ।

अदालतको निर्णयमा रियाका वकिल सतिश मानशिन्देले अर्डरको कपी पाएपछि अगाडिको कदम उठाउने बताए । आफूहरुले अर्को हप्ता हाइकोर्टम अपिल गर्नसक्ने बताए । यसअघि मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले बिहिबार निर्णय रिजर्भ राखेको थियो । ८ सेप्टेम्बरमा मजिस्ट्रेट कोर्टले जमानत याचिका खारेज भएपछि रियाले मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय ९इडी० ले रियाविरुद्ध नयाँ मुद्दा दर्ता गर्ने सम्भावना छ ।