Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सञ्जयले सुरु गरे फिल्मको सुटिङः नायकको रोगका कारण सेटमा कडा सुरक्षा, सबैको भयो कोरोना परीक्षण

Tuesday, September 8, 2020 National Power

एजेन्सी-अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यसको पुष्टि गरेको छ । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ ।

स्रोतका अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थियो । सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती थियो । जति पनि उपस्थित थिए उनीहरुको पहिले नै कोरोना परीक्षण गरिएको थियो र सबैको नतिजा नेगेटिभ आएको थियो । सबैले निकै सावधानीका साथ सुटिङ गरेको पनि बताइएको छ ।

८ अगस्टमा सञ्जय दत्तलाई सास फेर्न समस्या भएको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यतिबेला उनकी श्रीमती मान्यता दुई सन्तानसहित दुबईमा थिइन् । ४ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज त भए तर ११ अगस्टमा उनलाई फोक्सोमा क्यान्सर भएको खबर आयो । त्यसपछि उनी विदेशमा उपचार गर्न जाने अनुमान गरिएको थियो । हाल डा। जलिल पारकरले मुम्बईमा नै उनको उपचार गरिरहेका छन् ।